नियम ५३
नक्कल सम्बन्धी व्यवस्था
न्यायाधिकरणमा भएको मुद्दाको मिसिल संलग्न जुनसुकै
कागजातको नक्कल मुद्दाका पक्ष वा कानून व्यवसायीले प्रति पाना पाँच रुपैयाँ दस्तुर
तिरी लिन पाउनेछ । नक्कलको लागि दिइने निवेदनको ढाँचा अनुसूची—२ बमोजिम
हुनेछ ।